Notice (8): Undefined variable: menu_id [APP/View/Themed/Default/Elements/slide.ctp, line 32]

FEDERATION OF CONTRACTORS’ ASSOCIATIONS OF NEPAL (FCAN)

महासंघ प्रमण्डल भारतको कोची प्रस्थान

                                           

        महासंघ प्रमण्डल भारतको कोची प्रस्थान


काठमाण्डौ, पुष २१ गते ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेको नेतृत्वमा २२ सदस्यीय प्रतिनिधिमण्डल भारतको कोचीमा यही जनावरी ६ देखि शुरु भई ९ तारेखमा सम्पन्न हुने चार दिने एशिया तथा पश्चिमी प्रशान्त क्षेत्रीय निर्माण व्यवसायी संघहरुको अन्तराष्ट्रिय महासंघ

(IFAWPCA)

को ४० औं सम्मेलनमा भाग लिन आज बिहान त्यस तर्फ प्रस्थान गरेको छ ।
सन् १९९० मा स्थापना भएको अन्तराष्ट्रियस्तरको निर्माण व्यवसायीहरुकोे प्रतिनिधिमुलक संस्था (इफाप्का)को सदस्यता नेपाल निर्माण व्यवसायी महासंघले सन् १९९३ मा प्राप्त गरेको हो । इफाप्काको मलेसियामा सम्पन्न २९औं सम्मेलनले नेपाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । सदस्यता प्राप्त गरेको छोटै समयमा महासंघले सन् १९९९ मा यस वृहत संस्थाको ३०औं अन्तर्राष्ट्रिय सम्मेलन भव्य रुपमा काठमाण्डौमा सम्पन्न गरेको थियो । हाल एशिया तथा पश्चिमी प्रशान्त क्षेत्रका विभिन्न १७ देशका निर्माण व्यवसायी संघहरु राष्ट्रिय संस्था इफाप्कामा सदस्य रहेका छन् ।
४० औं इफाप्का सम्मेलनकोे उद्घाटन कार्यक्रममा महासंघ अध्यक्ष जयराम लामिछानेले महासंघको धारणा सहितको सम्वोधन गर्नुहुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सहभागी हुनका लागि महासंघका मानार्थ सदस्य एवं ईफाप्काका पूर्व महासचिव राजेन्द्रमान शेरचन, सल्लाहकारद्धय रामप्रसाद मैनाली, झकबहादुर गुरुङ्ग, उपाध्यक्ष बाहदुरसिंह लामा, ईफाप्का बोर्ड सदस्य एवं महासंघका महासचिव शरदकुमार गौचन, उपमहासचिव (नीतिगत) बासुदेव उप्रेती, पूर्व कार्यसमिति कोषाध्यक्ष पुरुषोत्तम मानन्धर, महासंघ कार्यसमिति सदस्यहरु निकोलस पाण्डे, प्रभाखर कडरिया र पिताम्बर बडू, पूर्व सदस्य वीरेन्द्रराज पाण्डे, महोत्तरी  निर्माण व्यवसायी संघका अध्यक्ष मुनेश्वर चौधरी, एशोसिएट सदस्य शशीधर रिजाल, बलराम महत्तो, राजु फुयाँल, कृष्ण गौतम, वसन्त चन्द, सुशिलकुमार श्रेष्ठ  भीमबहादुर पाल, रामश्रय साह र भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव जयकुमार घिमिरे सहितको प्रतिनिधिमण्डल आज बिहान ९ः०० बजे भारतको कोची तर्फ प्रस्तान गरेको  छ । उक्त प्रतिनिधि मण्डललाई  महासंघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष रवि सिंह, उप–महासचिव (आन्तरिक) तथा कार्यवाहक महासचिव आङदोर्जी (ए.डी) लामा र महासंघ सचिवालयका कार्यालय प्रमुख कृष्ण बहादुर पोखरेलले त्रिभुभवन अन्तर्राष्ट्रिय विमानस्थल पुगी विदाई गर्नु भएको थियो ।

            घटना प्रति यस नेपाल निर्माण व्यवसायी महासंघको घोर भत्र्सना


काठमाण्डौ, पुष १९ गते ।
विश्व बैकंको सहयोग तथा R

oad Sector Development Project (RSDP)

अन्तर्गत सुर्खेत – कालिकोट – जुम्ला सडकको

Package No. KJ-6D

को निर्माण गर्ने जिम्मा पाएको हिमडुङ्ग एण्ड थोकर÷रसुवा जे.भी.को सुर्खेत– कालिकोट–जुम्ला सडक निर्माण कार्यमा मितिः २०६९ पुष १२ गते विहीबार राती ९ बजे एक हुल स्थानीय बासिन्दाले निर्माण क्षेत्रमा प्रवेश गरीे त्यहाँ रहेका निर्माण  उपकरण, मेसिन औजार लगायत सवारी साधनमा ढुङ्गामुढा गरी तोडफोड गर्नुकोे साथै लाठीचार्ज गरी त्यहाँ रहेका कर्मचारी तथा कामदारहरुलाई कुटपिट गरी सख्त घाईते बनाएको  निन्दनीय घटना प्रति यस नेपाल निर्माण व्यवसायी महासंघ घोर भत्र्सना व्यक्त गर्दछ ।
निर्माणकर्मीहरु विकासका संवाहक हुन । मुलुकको विकास निर्माण कार्यमा तल्लिन निर्माणकर्मीहरु माथि हुने यस्ता अपराधिक कार्यको जति भत्र्सना र निन्दा गरेपनि अपुग हुन्छ । आप्mनो व्यवसाय स्वतन्त्र रुपमा संचालन गर्न पाउने नैसर्गिक अधिकार माथि अपराधिक मानसिकताले ओत प्रोत भएका व्यक्तिहरुबाट आक्रमण गरेकोे अवस्थामा समेत व्यवसायीहरुलाई सुरक्षा दिन नसक्नु र अपराधिक समुहहरुलाई कानूनी दायरामा ल्याउन नसक्नुले नेपाल सरकारको सुरक्षा व्यवस्था माथि प्रश्न चिन्ह खडा भएको छ । नेपाल सरकारले शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति नदिएसम्म सम्पूर्ण निर्माण व्यवसायीहरुले निर्माण कार्य संञ्चालन गर्न असम्भव भएको कारण उक्त निर्माण कार्यमा कडा सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायलाई हार्दिक अपिल गर्दछौ । अतः यो घटनालाई एउटा प्रतिनिधिमुलक घटना मानी आगामी दिनहरुमा व्यवसायिक सुरक्षालाई प्राथमिकता दिई उल्लेखित अपराधिक घटनाका दोषी पत्तालगाई यथाशिघ्र कडा भन्दा कडा कारवाही गर्न र पिडित पक्षलाई उचित क्षतिपुर्ति दिलाईदिन नेपाल सरकार लगायत सम्वन्धित सम्पूर्ण निकाय समक्ष महासंघ जोडदार माग गर्दछ ।

 

महासंघको १५ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न
४५ बुँदे सम्झौता कार्यान्वयन गर्न पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । मुलुकमा सम्पूर्ण निर्माण व्यवसायीहरूको एक मात्र छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको १५ औं वार्षिक साधारण सभा कार्यक्रम रूपन्देहीको सिद्धार्थनगरमा सम्पन्न भएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यही मंसिर ११ गते उद्घाटन गर्नुभएको साधारण सभा बन्द सत्रमा विभिन्न निर्णय गर्दै १२ गते सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री डा. भट्टराईले सरकार र नेपाल निर्माण व्यवसायी महासंघबीच २०६६ साल मंसिर ४ गते भएको ४५ बुँदे सम्झौता कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्र निर्माणका लागि नेपाल निर्माण व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहने गरेको उल्लेख गर्नुहुँदै उहाँले निर्माण व्यवसायी महासंघले तय गरेको ‘पूर्वाधार विकास–राष्ट्र निर्माणका आधार, बनौं सर्व पक्ष जिम्मेवार’ भन्ने नारामा आफ्नो पूर्ण सहमति रहेको बताउनुभयो । ‘तपाईंहरू राष्ट्र निर्माणका लागि लागीपर्नुभएको छ । अहिले राजनीतिक अवस्था केही बिग्रिएकोले समस्या भएको हो । यो समस्या तत्काल समाधान हुन्छ,’ उहाँले भन्नुभयो, ‘तपार्इंहरूले यो समयमा राष्ट्रलाई सहयोग गर्नुहोस् सरकार निर्माण व्यवसायीहरूको भूमिकाको उच्च मूल्यांकन गर्दछ ।’ उहाँले काठमाडौं–हेटौंडा सुरुङमार्ग छिट्टै सम्पन्न गर्न सरकारले हरेक किसिमको सहयोग गर्न तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

 

View More