Notice (8): Undefined variable: menu_id [APP/View/Themed/Default/Elements/slide.ctp, line 32]

राजेशपायलको कन्सर्टको रकम समाज सेवामा

 
अब्बल गायकका रुपमा परिचित गायक राजेशपायल राई बेलाबेलामा समाज सेवाका कार्यहरुमा पनि आफूलाई अगाडि ल्याउने गर्छन् । यसै सन्दर्भमा मंगलबार उनले एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी समाजसेवाका कार्यहरुमा अग्रसर संस्था हेल्प नेपाल र महिला हिंसाको क्षेत्रमा सक्रिय रहेको रक्षा नेपाल नामक संस्थालाई रु. २५-२५ हजार सहयोग प्रदान गरे ।

 

 

सहयोग रकम रक्षा नेपालको प्रतिनिधि मेनुका थापा र हेल्प नेपालका लागि चलचित्र पत्रकार संस्थाका अध्यक्ष विदुर गिरीलाई गायक राईले हस्तान्तरण गरेका थिए । आफनो देशविदेशको साङ्गीतिक कार्यक्रमहरुबाट उठेको रकम मध्येको केही अंश र जापान बसोबास गर्ने समाजसेवी जीवनराज भण्डारीले दिएको सहयोग रकमबाट उनले सहगोग रकम हस्तान्तरण गरेका हुन् ।

 

 

 

हाल दर्शन नमस्ते–२ नामक एल्बमको रेकर्डिङमा व्यस्त राजेशले आफ्ना हितैषी मित्र ईश्वर गुरुङ र प्रकाश रानामगरसँग मिलेर २ लाख बराबरको अक्षयकोषको स्थापना गरेका छन् । २ लाख रकमबाट प्राप्त हुने ५० हजार ब्याज गायक, गायिका र गीतकार मध्येबाट एक जनालाई बार्षिक रूपमा ‘अरुण थापा संगीत पुरस्कार’ प्रदान गरिने कार्यक्रममा बताईयो ।