Notice (8): Undefined variable: menu_id [APP/View/Themed/Default/Elements/slide.ctp, line 32]

Muskan Sewa Nepal

Hamro Ghar is an initiation of MuskanSewa Nepal, a non political, non profitable and non governmental organization established in 2009 by Mrs. Bhawanee Kumari Gurung with 6 founder board members. MuskanSewa Nepal 
wants to ensure better future and quality of life, and aims to provide parental care, healthcare, education, love and support to children who have lost their family or have been abandoned by their parents.

view more

heIp by OFTC team

आईओएफटीसीको देवराजलाई सहयोग

काठमाडौं÷रास– इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको नेप्लिजरिविउल्डले शनिबार मुस्कान सेवा नेपालमा आश्रित रहेका सिन्धुपाल्चोकका देवराज कार्कीको पढाइका लागि १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।नेप्लिज रिविउल्डका नेपाल संयोजक रिकेन महर्जनले मुस्कान नेपाल सेवा नेपालकी अध्यक्ष भवानी कुमारी गुरुङ राईलाई १ लाखबराबरको चेक हस्तान्तरण गरेका थिए ।

 

भूकम्पबाट सम्पूर्ण घरबार गुमाएका सिन्धुपाल्चोक दुस्कान १ का १२ वर्षीय देवराज कार्कीको एक वर्षको पाढाइ तथा अन्य खर्चस्वरूप आईओएफटीसीले सो रकम हस्तान्तरण गरेको हो । तेक्वान्दो खेलाडीसमेत रहेका देवराजले अमेरिकामा रहेको आईओएफटीसीबाट प्राप्त रकमले आफ्नो भविष्य सुनिश्चित हुने भन्दै खुसी व्यक्त गरे ।

मुस्कान नेपालकी अध्यक्ष राईले आईओएफटीसीले भूकम्पबाट प्रभावित बालबालिकाको पठनपाठनमा सहयोग गरेर ठूलो उपकार गरेको भन्दै धन्यवाद दिइन् । उनले भनिन्, ‘तेक्वान्दोखेल मात्र होइन सद्भाव र प्रेमको प्रतीकसमेतरहेछ भन्ने सन्देश यसले लिएको छ ।’

नेप्लिज रिविउल्डअन्तर्गत आईओएफटीसीले सिन्धुपाल्चोक र दोलखाका भूकम्पपीडितलाई राहत प्रदान गरेको थियो भने विभिन्न संस्थामा आश्रित भूकम्पपीडित बालबालिकाको पठनपाठनका लागि समेत सहयोग प्रदान गरेको छ । गत जनवरीमा आईओएफटीसीकी महासचिव केरेन ब्ल्याक र टुर्नामेन्ट डाइरेक्टर दिवाकर डान महर्जनले विभिन्न स्थानको भ्रमण गरी सहयोग गर्नुपर्ने स्थान र बालबालिकाको पहिचान गरेका थिए । सोही आधारमा सहयोग रकम हस्तान्तरण भइरहेको संयोजक रिकेनले बताए । केही दिनअघि आमाघर र खोकनामा समेत राहत हस्तान्तरण गरिएको थियो ।

view more

No Project

No Event

CONTACT INFO:

GUTHI NAME:

Muskan Sewa Nepal

ADDRESS:

Kathmandu, Nepal

PHONE NO:

EMAIL:

Our Social Partners

  • Social video widget list